site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जहाज नबनेपछि नेपाल एयरलाइन्सको बैंकक उडान सर्‍यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । समस्या आएपछि आजका लागि उडान स्थगित गरेको नेपाल एयरलाइन्सको जहाज मंगलबार (भोलि) मात्र गन्तव्यतर्फ जाने भएको छ ।

सोमबार एकसय ५२ जना यात्रु बोकेर काठमाडौंबाट बैंकक जाने तय भएको जहाजलाई समस्या आएपछि 'रन वे'मा पुर्‍याएर फर्काइएको थियो । सोमबार दिउँसो २ बजे बैंकक जान लागेको जहाज रन वे पुगेर फर्किएको थियो ।

“एकपटक साढे २ बजे प्यासेन्जर राखेर रन वे मा जाँदै थियो बिग्रियो भनेर फर्कियो,” विमानस्थल स्रोतले भनेको थियो, “फेरि साढे ४ बजे समस्या आयो भनेर जानकारी दियो ।”

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले अहिले जहाजको मर्मत कार्य जारी रहेको जानकारी दिए । आज स्थगित भएको उडान मंगलबार बिहान साढे ११ बजेका लागि सारिएको उनको भनाइ छ ।

"मर्मत कार्य जारी छ । उडान भोलि बिहान ११:३० मा सारियो," बाह्रखरीसँग पौडेले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro