site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टिकट वितरण न्यायोचित बनाउन सकिएन, गल्ती भए स्वीकार्छु : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण न्यायोचित बनाउन नसकेको बताएका छन् ।

सोमबार साँझ फेसबुकमार्फत कोइरालाले सीमित सिटका कारण सक्षम आकांक्षी नेताहरूलाई न्याय गर्न चाहेर पनि सम्भव नभएको बताएका छन् ।

"तर, पनि पार्टीमा अवसरको समान वितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ,  पार्टीको वर्तमान ढाँचा, सोच र निणर्य प्रकियालाई प्रभावति गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरूले मनन गर्नुभएको र गर्नुहुने छ भन्ने विश्वास लिएको छु," उनले भनेका छन् ।

उनले टिकट वितरणका क्रममा आफूबाट कुनै गल्ती भए स्वीकार्दै अघि बढ्ने पनि बताएका छन् ।

"न्यायोचित टिकट वितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरूको सल्लाह र सुझावबाट भविष्यमा अगाडि बढ्ने प्रण गर्दछु," उनले भनेका छन् ।

नेता कोइरालाले पार्टीबाट छानिएका दसैजना उमेदवारलाई जिताउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro