site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लुम्बिनीमा दुई सिटका लागि सातजनाको उमेदवारी

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा दुई सिटका लागि सातजनाको उमेदवारी परेको छ । 

महिला कोटामा तीन र अन्य कोटामा चारजनाको उमेदवारी परेको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए । महिला कोटामा नेकपा (एमाले)बाट तुलसा केसी, गठबन्धनबाट नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र राप्रपाबाट विजयलक्ष्मी सिंहको उम्मेदवारी परेको छ । 

त्यस्तै अन्यबाट एमालेका झपिन्द्रबहादुर घर्ती क्षेत्री, गठबन्धनबाट माओवादीका झक्कु सुवेदी, राप्रपाबाट निरञ्जनकुमार थापा र जनमत पार्टीका बालगोविन्द चौधरीले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रियसभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौँदीकोे कार्यकाल सकिएपछि निर्वाचन हुन लागेको हो ।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदै छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro