site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
व्यापार घाटामा सुधार गर्न निर्यातलाई प्राथमिकतामा राख्नुपर्छ  : पोखरेल

काठमाडौं । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशमबहादुर पोखरेल व्यापार घाटामा सुधार गर्न सरकारले निर्यातमैत्री वातावरण बनाउनुपर्ने बताएका छन् ।

परिषद्को २६औँ वार्षिक साधारणसभा तथा आठौँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले व्यापार घाटा कम गर्न निर्यातलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । निर्यातलाई प्रोत्साहन गर्न सकेमा देशको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए ।

निर्यातमुखी वातावरण बनाउन समेत उनले सरकारको ध्यानाकर्षण गराए । मुलुकमा निर्यातको धेरै सम्भावना हुँदा पनि सरकारले त्यस्ता वस्तुको पहिचान गर्न नसकेको उनको भनाइ छ ।
 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १७:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro