site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीमा उमेदवार छान्ने जिम्मा तीन नेतालाई 

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का तर्फबाट राष्ट्रियसभा सदस्य उमेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालकासहितका तीन नेतालाई दिइएको छ ।

आइतबार बसेको सचिवालय बैठकपछि उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले उमेदवारको टुंगो लगाउने जिम्मेवारी अध्यक्ष नेपालसँगै उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसललाई दिइएको बताए ।

Dabur Nepal
NIC Asia

सत्ता गठबन्धनमा आबद्ध दलबीच क्लष्टरको टुंगो लाग्न बाँकी रहेकाले उमेदवारको नाम छान्न नसकिएको उनको भनाइ छ ।

“क्लष्टरका कारण हामी अड्किएका छौँ,” उनले भने, “गठबन्धनका बीचमा क्लष्टरका विषयमा छलफलपछि साँझ नाम सार्वजनिक गर्छौँ ।”

आउँदो माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका निम्ति सोमबार (भोलि) भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।

गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबन्डा गरिएको छ । भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro