site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सत्ता गठबन्धनको बैठक फेरि बस्दै 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक फेरि बस्ने भएको छ । अबको करिब एक घण्टापछि गठबन्धनको बैठक बस्न लागेको सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

पार्टीको पदाधिकारी बैठकबाट राष्ट्रियसभा सदस्य उमेदवारको नाम टुंगो लगाउने अन्तिम चरणमा रहेको पनि उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले पार्टीको तर्फबाट उमेदवारको नाम अन्तिम चरणमा पुर्‍याएका छौँ,” उनले बाह्रखरीसित भने, “क्लष्टर मिलाउँदा नाम फेरिन पनि सक्छ । अब एक घण्टाजतिमा गठबन्धन बैठक बस्छ । त्यसपछि टुंगो हुन्छ ।”

सत्ता गठबन्धनको बैठक आजै बिहान पनि बसेको थियो । सो छलफलबाट गठबन्धनमा आबद्ध दलबीच राष्ट्रियसभामा रिक्त हुन लागेका सिटमा भागबन्डा गरिएको छ । भागबन्डाअनुसार नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी (जसपा)ले एक सिट पाउने उनीहरूबीच सहमति भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १४:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement