site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सालकको खपेटासहित दुईजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका–५, किसान चोकबाट संरक्षित सालकको खपेटासहित दुईजना पक्राउ परेका छन् । ३४० ग्राम सालकको खपेटासहित उनीहरूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा सोही ठाउँ ससुराली घरमा बस्ने संखुवासभाको चिचिला गाउँपालिका–३ घर भएका २८ वर्षीय सन्दीप राई र धरान उपमहानगरपालिका–१६ डेरा गरी बस्ने संखुवासभाको धर्मदेवी गाउँपालिका–३ घर भएका २१ वर्षीय मनोज तामाङ रहेका छन् । 

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठा तलासी गर्ने क्रममा खपेटासहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा मनोज तामाङबाट उक्त खपेटा लिएको भनी खुल्नआएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro