देश

काठमाडौं । सिन्धुलीमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा फिक्कल गाउँपालिका–५, रजेगाउँका ७४ वर्षीय मनबहादुर बुढाथोकी छन् ।
घरनजिकै बारीको कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर शनिबार साँझ बुढाथोकीको मृत्यु भएको सिन्धुली प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार साँझ अबेरसम्म घर नफर्किएपछि आफन्तले खोज्ने क्रममा घरबाट एक सय मिटर अगाडि चप्पल भेटेका थिए । चप्पल भेटिएको ठाउँनजिक बारीको काल्लामा ढिस्को झरेको देखेपछि खोतल्दा बुढाथोकीलाई मृत अवस्थामा फेला परेको जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १२:४०
प्रतिक्रिया दिनुहोस्