site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा कसको मतभार कति ?
Sarbottam CementSarbottam Cement

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन–२०८० अन्तर्गत गण्डकी प्रदेशमा तीन सिटमा निर्वाचन हुने भएको छ । आउँदो माघ ११ गते हुने निर्वाचनमा गण्डकी प्रदेशमा २३० मतदाता छन् । निर्वाचनको तयारीका निम्ति प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

यसैगरी, अन्तिम मतदाता नामावली प्रकाशनलगायत तयारी काम अघि बढाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गण्डकीमा कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश ऋषिराम आचार्य निर्वाचन अधिकृत तोकिएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले तीन सिटमा चुनाव हुन लागेको हो । तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपांगता÷अल्पसंख्यक समूहबाट निर्वाचित भएका थिए । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मनोनयनको मिति नजिकिँदै गरेकाले दलहरू उमेदवार छनोटमा लागेका छन् । कांगेस, एमाले र नेकपा (माओवादी केन्द्र)ले जिल्ला तथा प्रदेशबाट आकांक्षीहरूको नामावाली पार्टी केन्द्रमा सिफारिस गरिसकेका छन् । यही पुस २३ गते उमेदवार मनोनयनको कार्यतालिका रहेको छ ।

गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीय तहका १७० गरी २३० मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ । प्रदेशसभातर्फ तीन हजार १८० र स्थानीय तहतर्फ तीन हजार २३० गरी कुल ६ हजार ४१० मतभार छ ।

Global Ime bank

प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरी ६७ मतदाता छन् । कांग्रेसको कुल मतभार दुई हजार ७०४ रहेको छ ।

एमालेका २२ प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ६८ जना रहेका छन् । एमालेको जम्मा मतभार दुई हजार ४५८ हुन आउँछ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख र उपप्रमुख ३० गरी कुल ९९४ मतभार छ । प्रदेशमा नेकपा (एकीकृत समाजवादी)का एक प्रदेशसभा सदस्य र एक नगरप्रमुख गरी समाजवादीसँग ७२ मतभार छ ।

गण्डकी प्रदेशसभामा दुई सदस्य रहेको राप्रपाको १०६ मतभार छ । राष्ट्रिय जनमोर्चाको स्थानीय तहका प्रमुख र उपप्रमुख गरी तीनजना रहेकाले ५७ मतभार छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले स्वतन्त्रबाट जितेका थिए । उनको मतभार १९ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय