site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पार्टीहरूले राम्रो गरेनन् : प्रथम राष्ट्रपति यादव
फाइल तस्बिर ।

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले वर्तमान सरकारका काम–कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा ‘बिपी वाद’ नामक पुस्तकको लोकार्पण गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनले अहिले सरकार र नेपाली कांग्रेससहितका पार्टीहरूले राम्रो काम गर्न नसकेको जिकिर गरे । देशमा शिक्षा, स्वास्थ्य, कृषिको अवस्था दयनीय भएको उनले बताए ।

“निश्चय नै अहिलेको सरकारले, अहिलेको नेपाली कांग्रेस वा अरू पार्टीहरूले राम्रो गरेनन्,” उनले भने, “राम्रो गर्नुपर्ने त्यो कुरा सही हो । गर्न सकिरहेका छैनन् ।”

दैनिक हजारौँ मानिस विदेश गइरहेको भन्दै उनले गुनासो गरे । उनले देश निर्माणका निम्ति कसैले पनि अब पछि फर्किएर हेर्ने छुट र समय नरहेको बताए । सबै मिलेर देश, जनता र सार्वभौमसत्ताको अस्तित्व जोगाउनुपर्नेमा उनले जोड दिए ।

“हामीले पछि फर्किएर हेर्ने समय छैन । हामी बहुतै गम्भीर भएर नेपालको अस्तित्व जोगाउनुपर्छ,” उनले भने, “यो देश, राष्ट्रको अस्तित्व कायम रहोस् भनेर काम गर्नुपर्छ । आजको देशको अर्थतन्त्र कसरी मजबुत हुन्छ, त्यसमा लागौँ ।” न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro