site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पेसएक्सले प्रक्षेपण गर्‍यो अन्तरिक्षबाटै मोबाइल नेटवर्क सेवा दिने स्याटलाइट

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षबाट सोझै स्मार्टफोनमा सिग्नल पठाउन सक्ने स्याटलाइट प्रक्षेपण गरेको छ ।

नेटवर्क उपलब्ध नभएका ‘डेड जोन’मा सेवा पुर्‍याउन स्पेसएक्सले सन् २०२२ को अगस्टमा ताररहित दूरसञ्चार सेवाप्रदायकसँग सम्झौता गरेको थियो ।

स्पेसएक्सले सम्झौता गरेमध्येको एक अमेरिकी कम्पनी टी–मोबाइलले स्पेसएक्सको फाल्कन–९ रकेटबाट नेटर्वक सुविधा उपलब्ध गराउने स्याटलाइट मंगलबार प्रक्षेपण गरेको पुष्टि गरेको छ ।

स्पेसएक्सले स्टारलिंकका स्याटलाइटबाट उपलब्ध गराउने यो नेटवर्क सुविधालाई डाइरेक्ट–टू–सेल भनिएको छ । यो स्याटेलाइट नेटर्वक सेवाबाट सन् २०२४ मा म्यासेजिङ र सन् २०२५ मा कल तथा डाटा सुविधा उपलब्ध हुने बताइएको छ ।

स्पेसएक्सकी वरिष्ठ निर्देशक सारा स्प्यान्जेलोले कम्पनीका लागि यो कोसेढुंगा भएको बताएकी छन् ।

टी–मोबाइलका मार्केटिङ, रणनीति तथा उत्पादन अध्यक्ष माइक काट्जले यसले दूर्गम स्थानमा पनि नेटर्वमा पहुँच पुर्‍याउने बताएका छन् ।

स्याटलाइटबाट स्मार्टफोनमा सोझै नेटर्वक उपलब्ध गराउन जापानको केडीडीआई, अस्ट्रेलियाको ओप्ट्स, न्युजिल्यान्डको वान एनजेड र क्यानाडाको रोजर्सलगायतले पनि स्पेसएक्ससँग सहकार्य गर्ने बताइएको छ ।

द गार्जियनबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro