site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीपी प्रतिष्ठानको साख जोगाउन स्वास्थ्यमन्त्रीको अनुरोध

धरान । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साख जोगाउन सबै लाग्नु आवश्यक भएको बताएका छन् ।

नेपाली कांग्रेस धरानले आज आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनका केही कमीकमजोरीका कारण चिकित्सा शिक्षामा समस्या उत्पन्न भएको बताए ।

ऐनमा आवश्यक व्यवस्था नहुँदा चिकित्सा शास्त्र पढ्न विद्यार्थी बाहिरिने क्रम बढेकाले सुधार गर्न आवश्यक भएको उनले बताए ।

नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेल, सुनसरी क्षेत्र नं.१ का सभापति सुजेन्द्र तामाङले बीपी प्रतिष्ठानको विद्यार्थी कोटा कतौती भएको भन्दै ध्यानाकर्षणपत्र प्रस्तुत गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २१:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro