site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उच्च प्रभावित सामुदायिक आयोजनालाई भारतले २० करोडसम्म सहायता दिने

काठमाडौं । भारतले नेपालका उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनालाई २० करोड रुपैयाँसम्म सहायता दिने भएको छ । यो सहायतामा आयोजना निर्माण गर्न चाहने स्थानीय तह तथा सरकारी निकायले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत परीक्षण गरी अर्थ मन्त्रालयमा आयोजना सिफारिस गर्नुपर्ने छ ।

बिहीबार नेपालका परराष्ट्रमन्त्री नारायण प्रसाद साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरको उपस्थितिमा नेपालको तर्फबात अर्थसचिव डा. कृष्णहरि पुष्कर र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

Dabur Nepal
NIC Asia

अर्थ मन्त्रालयले माग भएको आयोजनाको प्राथमिकताको आधारमा सहायता परिचालनका लागि भारत सरकारलाई अनुरोध गर्ने गरी प्रक्रिया निर्धारण गरिएको छ ।

गैरसरकारी संस्था (एनजीओ)बाट पनि यो आयोजनाका लागि प्रस्ताव गर्न सक्ने व्यवस्था गरिएको छ । एनजीओबाट कार्यान्वयन हुने आयोजनाको हकमा समेत सम्बन्धित विषयगत मन्त्रालयको सिफारिसको आधारमा अर्थ मन्त्रालयले सहमति दिने र समाज कल्याण परिषद्को स्वीकृति प्राप्त गरेर मात्र आयोजना स्वीकृत गर्ने प्रावधानमा सहमति भएको अर्थमन्त्रालयबाट जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्वीकृत आयोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कार्यान्वयन निकाय र भारतीय दूतावासबीच त्रिपक्षीय सम्झौता गरी सम्बन्धित तहको बजेटमा समावेश गरेर कार्यान्वयन हुने पनि विज्ञप्तिमा उल्लेख छ । भारतीय अनुदानमा सञ्चालन हुने आयोजनामा समान्यतः गाउँपालिकाले पाँच प्रतिशत र नगरपालिकाले १० प्रतिशत व्यहोर्नुपर्ने छ ।

आयोजना कार्यान्वयनको अनुगमनका लागि सम्बन्धित स्थानीय तह, जिल्ला समन्वय समिति, प्राविधिक विशेषज्ञ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय दूतावासको प्रतिनिधि रहेको अयोजना अनुगमन समिति रहने व्यवस्था गरिएको छ ।

यो आयोजनाको सम्झौता पाँच वर्षको हुने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro