site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी र विवेकानन्द इन्टरनेसनल फाउन्डेसनबीच सम्झौता

काठमाडौं । एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए) र विवेकानन्द इन्टरनेसनल फाउन्डेसन (भीआईएफ) बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुधबार भारतको नयाँ दिल्लीमा एआईडीआईएका संस्थापक सुनिल केसी र भीआईएफका निर्देशक डा. अरविन्द गुप्ताले एमओयूमा हस्ताक्षर गरेका हुन् ।

यो सम्झौताले अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने र सहयोग एवं सहकार्यका लागि बलियो ढाँचा स्थापना गर्ने अपेक्षा गरिएको छ ।

साझेदारीले नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध अभिवृद्धि गर्न पनि महत्वत्त्वर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

भीआईएफको स्थापना हाल भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले गरेका हुन् ।

काठमाडौं आधारित सन् २०१४ मा स्थापित एआईडीआईएले आफूलाई स्वतन्त्र र निष्पक्ष विदेश नीति थिंक–ट्याङ्क बताउँछ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्