site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
११५ किलो अवैध लागुऔषध गाँजासहित दुईजना पक्राउ 
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सुनसरी र मोरङका छुट्टाछुट्टै ठाउँबाट अवैध लागुऔषध गाँजा बरामद गरिएको छ । 

सुनसरीबाट ७० किलो र मोरङबाट ४५ किलो गरी करिब ११५ किलो अवैध लागुऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । 

सुनसरीको हरिनगरा गाउँपालिका–६, इदगाहबाट ७० किलोग्राम गाँजासहित पक्राउ पर्नेमा भारत अररिया बासमतिया ग्राम बस्ने २७ वर्षीय ऐना तुला छन् । 

प.१–०४–००१ त १२६० नम्बरको ट्याक्टरका चालक उनलाई ट्याक्टरको ट्रलीमा अतिरिक्त बाकस बनाई ६६ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो । 

यसैगरी मोरङको विराटनगगर महानगरपालिका–१८, झटियाई मुसरी टोल नयाँबस्तीस्थित खेतबाट करिब ४५ किलोग्राम गाँजासहित एकजनालाई पक्राउ गरिएको छ ।  

पक्राउ पर्नेमा सोही महानगरपालिका–१८ बस्ने १९ वर्षीय नन्दु यादव रहेका छन् । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित गएराति पक्राउ गरेको जनाइएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १४:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro