site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रिय मेलमिलाप दिवसमा ‘अपमान’ भएको भन्दै रवि र राजेन्द्रलाई पत्र 

काठमाडौं । बीपी संग्राहलयका अध्यक्ष परशुराम पोखरेलले नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् । 

नेपाली कांग्रेसले कार्यक्रममा बोलाउँदा संसद्मा रहेका दलहरूलाई विभेद गरेकोमा पोखरेलले विमति राखेका हुन् । सामाजिक संजालबाट विमति सार्वजनिक गरेका पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र पठाएको बताएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मैले उहाँहरूलाई कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको कार्यक्रममा नबोलाएर अपमान भयो भनेर पत्र लेखेको छु,” पोखरेलले बाह्रखरीसँग भने, “यो कांग्रेससले गरेको बीपीको राष्ट्रिय मेलमिलाप नीति र आफ्नै सिद्धान्त विपरीतको काम हो ।” 

उनले बीपीले आफूलाई फाँसी दिन्छु भन्ने मोहन शमशेरदेखि मृत्युदण्डको सजायका लागि तयार भएका राजासम्म हात मिलाएको भन्दै अहिले कांग्रेसले त्यो संस्कार बोक्न नसकेको बताए । 

“अहिले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न र राष्ट्रियता बलियो बनाउन संसद्मा रहेका रास्वपा र राप्रपालाई शक्तिकै रूपमा मान्नुपर्छ । उनीहरूलाई बीपीको ४८औँ राष्ट्रिय मेलमिलाप दिवसमा आयोजना गरेको कार्यक्रममा नबोलाउनु र सत्ता गठबन्धनबाहेक दोस्रो ठूलो दललाई मात्र बोलाइनु कांग्रेसको सिद्धान्त र बीपीको राष्ट्रिय मेलमिलाप नीति विपरीत छ,” पोखरेलले भने, “केही संकुचित सोच भएका र वर्णसंकरको हालीमुहाली भएकाले नेपाली कांग्रेसले आफ्नो सिद्धान्तसँगै बीपीलाई छोड्ने काम भएको छ ।”

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्