site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वरिष्ठ पत्रकार पोखरेलको अन्त्येष्टि
Sarbottam CementSarbottam Cement

काठमाडौं । वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा अनुप पोखरेलले पत्रकार पोखरेलको पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।

दिवंगत पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् । पोखरेलको ८७ वर्षको उमेरमा सोमबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा निधन भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य, नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)का संस्थापक महासचिव र दुई कार्यकाल अध्यक्ष भएका पोखरेल गोरखापत्र दैनिकका पूर्वसम्पादक र ‘मुना’ बाल मासिक (बालपत्रिका)का संस्थापक प्रधानसम्पादक पनि थिए ।

गोरखापत्र संस्थानको राष्ट्रिय पत्रकारिता पुरस्कार प्राप्त पोखरेल पछिल्लो समयमा फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए । पत्रकारितामा स्नातकोत्तर र अंग्रेजी साहित्यमा पनि दखल राख्ने पोखरेलले अस्पतालको शय्याबाटै काठमाडौं उपत्यकामा वातावरण प्रदूषण वृद्धि हुँदा चिन्ता व्यक्त गर्दै यसका निम्ति जनचेतना जगाउन जोड दिएका थिए । धनकुटाको कोचिण्डेमा वि.सं. १९९३ मा जन्मिएका पोखरेल काठमाडौंमा बस्दै आएका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement