site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो
फाइल तस्बिर ।

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० र चाँदीको पाँच रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा करोबार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्