site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मतीसहित कोसी र गण्डकी प्रदेशमा हिमपातको सम्भावना 
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । तराईका जिल्लामा हुस्सु लागिरहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ । 

विभागले दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । 

कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  ०६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro