site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर बजार बढ्दै छ, घरजग्गा कारोबारले पनि लय लिएको छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रले लय लिएको बताएका छन् । मोरङ व्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले अर्थतन्त्रलाई चलायमान देखाउने सेयर बजार कारोबार र घरजग्गा कारोबार बढ्दै गएको उनले बताए ।

“सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै छ । जग्गा कारोबारले पनि केही गति समातेको छ,” उनले भने, “बैंकहरूले ब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको छ, आउँदा दिनमा अझ वृद्धि हुनसक्छ । पर्यटक आगमन अहिलेसम्मकै उच्च हो ।”

Dabur Nepal
NIC Asia

पूर्वाधारमा ठूलै समस्या रहेको भन्दै मन्त्री महतले पूर्वाधार र सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्रले उपयोग गर्न नसकेको बताए । महतले सेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भएको पनि उल्लेख गरे । यसले अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ छ ।

महतले उद्योगी व्यवसायीको समस्या समाधान र अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका सधैँ खुला रहेको बताए । विदेशबाट फर्केर आएका युवाहरूले पुँजी र सीप लिएर आएका भन्दै उनीहरूलाई आधुनिक कृषिकर्ममा आकर्षित गर्नुपर्ने बताए । यस्ता कार्यलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको उनले बताए ।

“हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या छ, आउँदा दिनमा सकारात्मक संकेतहरू देखिने र आर्थिक वृद्धि हुनेछ,” उनले भने, “अहिले जति पनि तथ्यांकहरू छन्, यी तथ्यांकले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ । हामीले आर्थिक वृद्धिदर साढे ६ प्रतिशत ल्याउने बजेटमार्फत घोषणा गरेका थियौं, अहिले ५.३८ मा मूल्यवृद्धि झरेको छ । छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको छ ।”

आउँदो बजेटमा सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री महतको भनाइ छ । उनले खुला सीमा भएकाले अझ धेरै समस्या बएको बताए । चुहावट कम गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १९:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro