site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सन् २०२३ मा १० लाखभन्दा बढी पर्यटक नेपाल घुम्न आए, कुन देशबाट कति ? 
फाइल तस्बिर ।

काठमाडौं । सन् २०२३ मा १० लाख १४ हजार ८८५ पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागका अनुसार यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउनेहरूको मात्र हो । 

विभागका अनुसार सन् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा विश्वका २१९ देश तथा क्षेत्रबाट उनीहरू नेपाल घुम्न आएका हुन् । 

नेपाल घुम्न आउने पर्यटकमा पाँच लाख ६६ हजार ६३२ जना पुरुष र चार लाख ४७ हजार ८४६ जना महिला छन् । अन्य ४०४ जनाको पहिचान खुलेको छैन । 

नेपाल आउने पर्यटकमा सबैभन्दा ठूलो संख्या भारतीयको छ । उक्त अवधिमा भारतबाट तीन लाख १९ हजार ९३६ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल घुम्न आएको विभागको तथ्यांकले देखाउँछ ।

भारतपछि नेपाल घुम्न आउनेमा ठूलो संख्या अमेरिका, चीन, बेलायत र अष्ट्रेलियाका पर्यटकको छ । 

बितेको एक वर्षमा अमेरिकाबाट एक लाख ३५७, चीनबाट ६० हजार ८७८, बेलायतबाट ५२ हजार ८६६ र अष्ट्रेलियाबाट ३८ हजार ७९८ जना पर्यटक नेपाल घुम्न आएका छन् । 

यस्तै, सन् २०२३ मा बंगलादेशबाट ३६ हजार ४८३, जर्मनीबाट २६ हजार ९८०, थाइल्याण्डबाट २५ हजार ६७८, दक्षिण कोरियाबाट २३ हजार ७४३, फ्रान्सबाट २३ हजार १६८, श्रीलंकाबाट २१ हजार ८५१ र मलेसियाबाट १८ हजार ८०७ जना पर्यटक त्रिभुवन विमानस्थल हुँदै आएको देखिन्छ ।

जापानबाट १६ हजार ४६३, क्यानडाबाट १४ हजार ६९०, भियतनामबाट १३ हजार ८९७, इटालीबाट १२ हजार ९४८, स्पेनबाट १२ हजार ३९३, रुसबाट १२ हजार ६० र भुटानबाट ११ हजार ४५० जना वर्ष २०२३ मा नेपाल आएको विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १३:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro