site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सरकारी वेबसाइटमा ‘साइबर आक्रमण’, विदेशी भिजिटर गरियो ब्लक 

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)बाट सञ्चालित सरकारी वेबसाइट एवं वेब एप्लिकेसनहरूमा समस्या आएको छ ।

आइतबार दिउँसोदेखि नै सरकारी वेबसाइटहरू डाउन हुने क्रम चलेको थियो । आज (सोमबार) वेबसाइटहरू डाउन भएर खुल्न समेत छोडेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सिस्टममा ‘साइबर आक्रमण’ भएर समस्या आएको बताएको छ । केन्द्रका कम्प्युटर इञ्जिनियर अमन शर्माले सिस्टममा ठूलो मात्रामा ‘ट्राफिक (भिजिटर)’ पठाउने काम भएको र त्यसैले डीएनएस सर्भरमा समस्या आएको बताए । 

Dabur Nepal
NIC Asia

“ठूलो संख्यामा भिजिटर पठाउँदा वेबसाइट डाउन हुन पुगेको हो, समस्या समाधानका लागि पहल भइरहेको छ । वेबसाइटहरू खुलिपनि रहेका छन् । साँझसम्म पूर्णरूपले समाधान हुन्छ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने । 

सिस्टममा आक्रमण विदेशबाटै भइरहेको देखिएको उनले बताए । चीन, भारत, बंगलादेशमा पनि अहिले यस्तो आक्रमण भइरहेको उनको भनाइ छ ।

धेरै भिजिटर पठाएर सिस्टम डाउन गर्न खोजिएका कारण अहिले बाहिरबाट आउने भिजिटरलाई ब्लक गरिएको कम्प्युटर इञ्जिनियर शर्माले बताए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत नै सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) रहेको छ । त्यहाँबाट होस्टिङसहित सञ्चालनमा रहेका सरकारी वेबसाइटहरूमा पटक पटक समस्या आउने गरेको छ । सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई खारेज गरी सूचना तथा प्रविधि विभागअन्तर्गत नै गाँभ्ने निर्णय गरेको छ ।

सिस्टममा आएको समस्या समाधान गर्ने काम भइरहेको केन्द्रले जनाएको छ । अहिले सरकारी वेबसाइटहरु खुल्न/नखुल्ने समस्या भइरहेको छ ।

nia-1704093019.JPG

moha-1704093019.JPG

Webside-1704092455.JPG


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १२:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro