site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
इन्टरनेट आज रातिदेखि बन्द हुन्छ ?
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी)को संगठन आइस्पानले केही दिनअघि पुस १५ गते (आज)पछि देशभर इन्टरनेट बन्द हुन सक्ने चेतावनी दियो ।

भारतबाट आयातित ब्यान्डविथको भुक्तानी गर्न नपाएको र त्यहाँका कम्पनीले सेवा कटौती गर्ने ‘अल्टिमेटम’ दिएको भन्दै आइस्पानले इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको थियो ।

Dabur Nepal
NIC Asia

टाटा, एयरटेललगायत कम्पनीले नेपालका इन्टरनेट सेवा प्रदायकलाई डिसेम्बर ३१ अर्थात् पुस १५ सम्म बाँकी रकम तिर्न पत्र पठाएका थिए । तर, इन्टरनेट सेवा प्रदायकले करिब साढे दुई अर्ब रुपैयाँ सरकारलाई बक्यौता नतिरेको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी रकम भुक्तानी गर्न दिन नेपाल राष्ट्र बैंकलाई गर्नुपर्ने सिफारिस रोकेको छ ।

सेवा प्रदायकले उक्त बक्यौता आफूहरूले तिर्नु नपर्ने जिकिर गर्दै आएका छन् । यही विवादका कारण रकम तिर्न नसके भारतीय कम्पनीले ब्यान्डविथ उपलब्ध गराउन रोक्ने र नेपालमा इन्टरनेट बन्द हुन सक्ने चेतावनी सेवा प्रदायकले दिएका थिए ।

आइस्पानका अध्यक्ष सुधीर शर्माले तत्काल सेवा अवरुद्ध नगर्न भन्दै भारतीय कम्पनीलाई पत्र पठाइएको बताए । करिब दुई अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको उनले सुनाए ।

आजदेखि इन्टरनेट बन्द हुने हो कि भन्ने प्रश्नमा उनले त्यसो नहुने विश्वास व्यक्त गरे । “हामीले सेवा नरोक्नु होला, भुक्तानीका लागि यता छलफलकै क्रममा छौँ भनेर भनेका छौँ । हिजो पत्र पठाएको हो, तर आइतबार (आज) उता बिदा नै होला,” उनले बाह्रखरीसित भने, “नयाँ वर्षको पनि बिदा होला । पत्र कहिले हेर्छन्, तर सेवा बन्द नहोला कि भन्ने छ ।”

सरकार र सेवा प्रदायकबीच बक्यौताका विषयमा सहमति नहुँदा विदेशी कम्पनीको भुक्तानी हुन नसकेको हो । भुक्तानी नगरे सेवा अवरुद्ध गर्न सक्ने चेतावनी दिइएको आइस्पानको भनाइ छ ।

विवाद समाधान गरिने भन्दै सञ्चारमन्त्री रेखा शर्माले इन्टरनेटजस्तो अत्यावश्यक सेवा नरोकिने र रोक्न नहुने बताउँदै आएकी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro