site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
खेल चलिरहँदा टेनिस कोर्टमा जब विषालु सर्प देखियो...
गेट्टी इमेज ।

काठमाडौं । अस्ट्रेलियाको ब्रिसबेनमा टेनिस चलिरहँदा विषालु सर्प देखिएपछि खेल करिब ४० मिनेट रोकिएको छ ।

ब्रिसबेनमा जारी ब्रिसबेन अन्तर्राष्ट्रिय छनोट प्रतियोगिताका दौरान डोमिनिक थिएम र जेम्स म्याकाबबीचको खेल चलिरहँदा कोर्टमा सर्प देखिएको हो । त्यसपछि खेल प्रभावित बन्यो ।

Dabur Nepal
NIC Asia

यूएस ओपन पूर्वच्याम्पियन समेत रहेका थिएम सर्प देखिँदा म्याकाबसँग एक सेटले पछाडि थिए ।

“मलाई पशुपक्षीहरू निकै मन पर्छ, विशेष गरी विदेशी,” खेलपछि थिएमले भने, “उनीहरूले मलाई सर्प निकै विषालु र बल बोक्ने बालबालिकाहरू नजिक रहेको बताए । यसले पनि अवस्था निकै खतरनाक रहेको देखाउँछ । यो त्यस्तो घटनामध्येमा पर्छ, जुन मेरो जीवनमा हालसम्म भएको थिएन । म यसलाई कहिल्यै भुल्ने छैन ।”

करिब ४० मिनेट अवरुद्ध बनेको खेल थिएमले २–६, ७–६ (७–४) र ६–४ ले आफ्नो पक्षमा पारेका थिए । जितसँगै थिएम छनोटको अन्तिम चरणमा प्रवेश गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १४:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro