site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अध्यक्ष ओली नपुग्दा माला फर्काइए...
Sarbottam CementSarbottam Cement

सामाजिक सञ्जालमा बहुप्रचारित विषय बनेको थियो, यो लोकतान्त्रिक प्रणालीप्रति जनतामा वितृष्णा छ । स्थापित पार्टीहरूप्रति जनताको आकर्षण छैन, अब नयाँमा जान्छ । २०८० पुस १ गते पनि लाग्छ कि लाग्दैन, गणतन्त्र सकिएर एउटा मान्छे श्रीपेच लगाएर राजा बनेर आउँछ भन्ने भाष्य बन्दै थियो ।

झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म पुग्दा जनताको उपस्थितिले त्यो नक्कली कुरा रहेछ भन्ने बुझेका छौँ । जनतामा पार्टीहरूप्रतिको आकर्षण छ ।

यो भेगमा एक करोड बसोबास गर्ने ठाउँ भए पनि सबैसम्म भेटघाट सम्भव हुने कुरा होइन । प्रत्यक्ष हिसाबले २५ लाख बासिन्दासँग हामीले संवाद गर्‍यौँ । फरक पार्टीबाट निर्वाचित जनप्रतिनिधि पनि भेट्न आउनुभयो ।

Prabhu Bank
Agni Group
NIC Asia

जनतामा पार्टीप्रति विश्वास अझै छ । पार्टीहरूमा पनि सहकार्य गर्नुपर्छ भन्ने धारणा स्थानीय तहका नेतामा देखिन्छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेताहरू (नाम नभनौँ) हामी एक प्रदेशबाट अर्कोमा जाने क्रममा बिदाइ गर्न पुलमा आउनुभयो । उहाँहरू स्वेच्छाले आउनुभएको थियो । हामीसँग भन्नुभयो– जनतासँग सम्बन्ध गाँस्न गर्नुपर्ने यस्तै हो । जनता जगाउनुपर्ने हो । मेरा पार्टीका नेताले देश जोगाउने काम गर्नुभएको छैन । तपाईंहरूप्रति विश्वास भएर शुभकामना दिन आएको हुँ भनी अध्यक्षज्यू (केपी शर्मा ओली)सँग भन्नुभयो ।

Global Ime bank

उहाँहरूले पार्टीचाहिँ छाड्दिनँ भन्नुभयो । प्रतिस्पर्धा दुई प्रतिस्पर्धीकै बीचमा हुने हो । तर, उहाँहरूले जुन सद्भाव देखाउनुभयो, त्यो हाम्रो लागि पुँजी हो ।

a2-1704004208.jpg
 

राजमार्गमा गैरप्राविधिक काम !
मध्यपहाडी राजमार्ग राम्रै बनेको छ । त्यसका ‘एलाइनमेन्ट’ पुनर्विचार गर्नुपर्ने देखिन्छन् । गैरप्राविधिक काम पनि भएका छन् । सडकलाई सडकका रूपमा बन्न दिनुपर्‍यो नि ! प्राविधिकले बनाउन पाउनुपर्‍यो ।

पञ्चायतकालमा खानेपानी बनाउँदा घरभित्र धारो राखिनुपर्ने, वडाध्यक्षको घरमा पुर्‍याउनुपर्ने भनेको जस्तै आफ्नोपिट्ट बाटो हिँड्नुपर्छ भनी पुर्‍याइएको छ । त्यो सुधार्नुपर्ने देखिन्छ । हामी परम्परागत प्रविधिमा भर पर्‍यौँ । त्यही जान्यौँ । जस्ताको तस्तै लागु गर्‍यौँ । कतिपय ठाउँमा सिधा बाटो बनाउन सकिन्छ । त्यस्तो टेक्नोलोजी आइसकेका छन् । सुरुङबाट धेरै क्षति नपुर्‍याई सिधा पार्न सकिन्छ । घुमाउरा बाटा सुधार्नुपर्ने आवश्यकता देखिन्छ ।

कतिपय ठाउँमा अग्ला पुल राखेर पनि बाटो छोटो पार्न सकिन्छ । वातावरणीय क्षति पनि कम हुने र बस्तीलाई जोड्न पनि सजिलो हुने काम नभएको पायौँ । बस्ती विकासका हिसाबले राजमार्गलाई हाइवेका रूपमा विकास गर्न सुधार्नुपर्ने पाटा छन् ।

रसिलो पहाड, बसाइँसराइको मार
मध्यपहाड भनेको रसिलो पहाड हो । यतिखेर सयपत्री र सुन्तला, अमिलो जातको फलफूलको समय परेको रहेछ । त्यसमा बजार व्यवस्थापनको आवश्यकता देखिन्छ । त्यति जुनार, सयपत्री, कागतीको व्यवस्थापन गर्ने हो भने मानिस बसाइँसराइ गर्छन् जस्तो लाग्दैन ।

पश्चिम पहाड अलिक रुखो देखिन्छ । त्यही पनि कतिपय मानिस कष्टकर जीवन बिताएर बसेका छन् । रसिलो पूर्वी पहाडमा मानिस छैनन् । त्यसको कारण खोज्न जरुरी छ ।

धेरै ठाउँमा राजमार्ग बनेपछि त्यसको छेउमा बस्ती बनेको छ । तर, त्यहाँ राजमार्गले मध्यपहाडको बसाइँसराइ रोक्न सकिएको छैन । हामीले परिकल्पना गरेको १० वटा नयाँ सहर र स्मार्ट सिटीका धेरै काम भएको देखिँदैन ।

विकास गाउँ पसेको छ । गाउँमा बिजुली, बाटो पुगेका कारण चेतनाको स्तर ह्वात्तै बढेको छ । समाज फेर्न पार्टीहरूले धेरै काम गर्न बाँकी छ ।

अरू जे देखिए...
पहिले खेतीपाती हुने ठाउँमा यतिखेर बाँदर, बँदेलको आतंक छ । किनभने, मानिसले घर छाडेर हिँडे । खेतीपाती कम भयो, जंगल बढ्यो । जंगली पशुपक्षीको आतंक बन्यो । सबैभन्दा ठूलो समस्या त्यही देख्यौँ, जसको हल खोज्न जरुरी छ ।

बसाइँसराइको एउटा पक्ष रोजगारी हो । हामीले रोजगारी सिर्जना गर्न सकेनौँ । रोजगारी सिर्जना गर्ने कसरी ? उद्यमशीलतामा लैजाने कसरी भन्ने कुरामा कति केन्द्रित भएका छौँ कि छैनौँ भनेर हेर्नुपर्छ ।

गाउँमा बाटो, बिजुली र स्कुल मात्रै भएन । बिरामी हुँदा उपचारका लागि सहर धाउनुपर्‍यो भने मानिसले सुविधा भएको ठाउँ रोज्छ । हामीले बस्न चाहिने सबै सुविधा उपलब्ध गराउन सक्नुपर्छ । योजना बनाएर नै स्थानीय सरकारहरू लाग्नुपर्छ । कृषि, स्वास्थ्यलगायत प्याकेजमा नै गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।

एमालेले के गर्छ ?
हामीलाई धेरै ठाउँमा ज्ञापनपत्र दिनुभएको छ । जुन पार्टीबाट चुनाव जिते पनि त्यहाँका पालिका प्रमुख नै आएर ज्ञापनपत्र बुझाउनुभएको छ । ती ज्ञापनपत्रको अध्ययन गर्दै छौँ । हामी एक महिनामा निष्कर्ष निकाल्छौँ, सम्बन्धित निकायसँग बहस गर्छौँ । एमालेले गर्न सक्ने ठाउँमा गर्छ । एमाले विपक्षमा भए पनि कतिपय स्थानीय तहमा सत्तापक्षमा छ । प्रदेशसभा र केन्द्र सरकारमा विपक्षी भए पनि स्थानीय सरकारमा छौँ ।

ज्ञापनपत्रमा आएका हामीले गर्न सक्ने कामहरू हामी नै गर्छौँ । सत्तामा नभएको ठाउँमा हामीलाई प्राप्त ज्ञापनपत्रबारे उहाँहरूलाई जानकारी गराउँछौँ ।

समस्या समाधान गर्न हामीले जे गरिहरहेका छौँ, त्यही गर्नुपर्छ । गएको चुनावमा हाम्रा कुरालाई अलिक उडाउने काम पनि भयो । चुनावी ‘स्टन्ट’ मानियो । चुनावका बेलामा हामीले ‘इस्यु’मा बहस गरौँ भनेका थियौँ । हामीलाई एमालेका अध्यक्ष बोल्नुहुन्छ, कांग्रेसका सभापति बोल्दै बोल्नु हुन्न । त्यसैले हातमाथि पार्न एमालेले भन्यो जस्तो गरियो ।

भाषण नै गर्नु पर्दैन नि, लेखेर पनि बहस गर्न सकिन्छ । एजेन्डाका आधारमा दलहरूलाई छान्ने कुरा जनतालाई दिनुपर्छ भन्ने हाम्रो कुरा थियो ।

०७२ सालमा संविधान जारी भएपछि राज्य हाम्रो हो भनेपछि राज्य बनाउने जिम्मा संविधान बनाउने पार्टीको हो । हाम्रो पार्टी त्यही दायित्व पूरा गर्न कस्सिएको छ । राष्ट्रिय शक्ति निर्माण गर्‍यौँ भनेर हामीलाई मात्रै भनेका छैनौँ राष्ट्रलाई माया गर्ने सबै एक ठाउँमा होऔँ भनेको हो । प्रतिस्पर्धा हाम्राबीचमा होस् न केही भएन । अबचाहिँ हामीले हिजो यस्तो गरेका थियौँ, अब यसमा धारणा के भनेर जनतासँग कुरा गर्ने बेला भयो ।

यात्रामा जनतालाई हामीले समृद्धि कसरी हुन्छ, हामीले सरकारमा हुँदा नौ लाखभन्दा बढीलाई गरिबीको रेखामा ल्याऔँ भनेर दाबी गरेका छौँ, ती जनताले अनुभूत गरेका छन कि छैनन् भन्ने कुरा बुझ्यौँ ।

तपार्इंहरूको सरकार ढलेकोमा दुःखी छौँ भन्नेहरू धेरै भेट्यौँ । सहर मुखाले छ । गाउँ अलिक मुखाले छैन । गुनासा, चित्त दुखाइ प्राकृतिक छन् । गाउँमा सामान्य कुरा पनि पूरा पो गरेका छैनौँ कि भन्ने हेर्नुपर्छ । भोट हालेर जिताएकै हो, नेकपा पनि बनेको थियो, एमाले सरकार किन टिकेन भन्ने प्रश्न आए । प्रचण्डसँग किन एकता गरेको त भन्ने प्रश्न सुनिए ।

गाउँघरमा कतिपय व्यवसाय छन् । तिनीहरूले प्रचार नै पाएका छैनन् । यात्राका क्रममा अध्यक्षले खिर बाजेकहाँ खिर खाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो । त्यस्ता व्यवसायको जति चर्चा हुनुपर्थ्यो, त्यति पाएनौँ । हामीले यस्ता काम गरिरहेका छौँ, तर प्रचार भएन भन्ने गुनासा आएका थिए । हामीले सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भनेका थियौँ । त्यस्ता विषय राष्ट्रियकरण गर्न चाहेका थियौँ ।

अध्यक्षको ‘क्रेज’, पार्टीप्रति आकर्षण 
हाम्रो सन्देश एकीकृत नै थियो । हामीले ‘मल्टिपल म्यासेजिङ’ गरेनौँ । स्थानीय कुरा सुन्ने र त्यसलाई राष्ट्रिय सन्देश दिने उद्देश्य थियो । विभिन्न नेताले प्रतिस्पर्धा गर्ने कार्यक्रम नै थिएन । त्यसैले अध्यक्षले सम्बोधन गर्नुभयो । हामीले सकेसम्म सभा गर्न चाहेका थिएनौँ । बढीभन्दा बढी संवाद गर्न चाहेका थियौँ ।

सभा दिनदिनै गरिन्छ नै, तैपनि संक्षिप्त सभा १०० वटा भए । ४२ ठाउँमा ठूला सभा भए । सुरुआतमा त ती सभा पनि गर्ने पक्षमा थिएनौँ । ती सभामा पनि अध्यक्षले धेरै लामो बोल्नु भएन ।

हाम्रो उद्देश्य नेतृत्वलाई सामूहिक रूपमा चिनाउनु पनि थियो । सँगसँगै हामीले के गर्न चाहेका हौँ भन्नुपर्ने थियो ।

अपेक्षा साना हुँदा रहेछन् । भेटिनेहरू कतिपय ‘टीभीमा देखेको हो, सेल्फी खिचौँ न’ भन्थे । एमालेको यो यात्रा उत्सवजस्तो थियो । प्रत्येक ठाउँमा मानिसहरू आफ्नो वेशभूषामा आएका थिए ।

a1-1704004208.jpg
 

हामी पार्टीप्रति जनताको धारणा परीक्षण गर्न चाहन्थ्यौँ । एमालेप्रतिको आकर्षण बढी छ । त्यसमा हामी खुसी छौँ । हाम्रो अध्यक्षको ‘क्रेज’ असाध्यै छ । उहाँ पोलिटिकल ‘सेलिब्रिटी’ हो । एकजना डिप्लोमेट्सले एमालेको चियापानमा आएर भन्दै हुनुहुन्थ्यो– दोज हु डिसलाइक केपी ओली वान्ट्स टु टेक फोटो, हु लभ्स केपी ओली वान्ट्स टु टेक फोटो । ह्वाट इज दिस ?

मन पराउनेले पनि फोटो खिचाउन खोज्छ, मन नपराउनेले पनि के हो यो ? भनेर भन्नुभएको थियो ।

जहाँ पनि त्यस्तै देखिन्थ्यो, केपी ओलीलाई माला लगाइदिने । सयौँ माला गुथिए । रंगीचंगी थिए । हाम्रो गलामा पनि माला आए । तर, अध्यक्षका लागि विशेष माला थिए ।

धादिङको कटुन्जे पुग्दा...
बेलुकाको झन्डै सात बजेको थियो । नुवाकोटमा सभा थियो, हामी दौडधुपमा थियौँ । धादिङको चरंगे भन्ने ठाउँमा सेक्युरिटी झुक्किएर हाम्रा अध्यक्षको गाडी डाइभर्ट गरिदिएछन् । माथि कटुन्जेको हाइवेमा बालबालिकादेखि बुढाबुढीसम्म माला लिएर बसेका थिए । अध्यक्षले ‘गाडी डाइभर्ट भएछ, तपाईंहरू पुग्दै गर्नुस्, त्यहाँ माला छन् भने लिनुहोला’ भनेर फोन गर्नुभयो । वरिष्ठ उपाध्यक्षलगायत नेताहरू ओर्लियौँ ।

म नुवाकोटको भएको नाताले त्यहाँ चिनजान पनि छ । ‘अध्यक्षलाई कताबाट पठाइदिनुभयो ?’ भन्दै मलाई सोध्नु थाल्नुभयो । अनि, यस्तो यस्तो भएछ भन्ने स्पष्टीकरण दिइयो । त्यसपछि ‘अध्यक्ष आउनु भएन, कुरेर बसेको’ भनेर चित्त दुखाउनुभयो । हातमा माला लिएर बस्नुभएको छ । पदाधिकारी अघि बढ्दा माला लगाइदिनु भएन ।

‘तपाईंहरूलाई चिन्छौँ’ भन्नुभयो । तर, उहाँहरूले माला फिर्ता लैजानुभयो, हामी कसैलाई लगाइदिनु भएन । त्यो खालको अवस्थासम्म देखियो ।

बेलुका त्यो कुरा जानकारी भएपछि अध्यक्षज्यूले फेसबुकमा स्टाटस लेख्नुभयो, बाटो भुलेकाले म फेरि आउँछु भन्नुभयो ।

हाम्रोजस्तो कार्यक्रम गर्न सक्दैनन्  
यात्राको खर्चको व्यवस्थापन स्थानीय रूपमा नै भयो । केन्द्रीकृत गरेको भए करोडौँ खर्च हुन्थ्यो । जनताले घरघरबाट ल्याए, मिलीजुली भयो । केन्द्रबाट गरेको भए सम्भव नै हुँदैनथ्यो । स्थानीय तहका जनतालाई परिचालित गर्ने क्षमता नराख्ने पार्टी हामीले गरेजस्तो कार्यक्रम गर्न सक्दैन । मैले हेर्दा गर्न चाहेमा कांग्रेसले सक्ला । माओवादीले सक्दैन ।

(एमालेले मंसिर १४ गतेदेखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म गरेको मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्पयात्राबारे पार्टी उपमहासचिव विष्णु रिमालसँग बाह्रखरीका रमेश वाग्ले कुञ्जरमणि भट्टराईले गरेको कुराकानीमा आधारित ।)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !