site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
घरजग्गा कारोबारमा हदबन्दीको समस्या सम्बोधनतर्फ प्रयत्नरत छु : मन्त्री श्रेष्ठ
फाइल तस्बिर ।

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताएकी छन् । बिहीबारदेखि काठमाडौंमा सुरु आठौँ घरजग्गा मेलाको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा आफूले निरन्तर कानुनी सुधारका कार्य गर्दै आएको उनले उल्लेख गरिन् । उनले भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ताकाटको प्रक्रियालाई सहजीकरण गरिएको बताइन् ।

रियल स्टेट क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भूमिबजारसम्बन्धी कानुन निर्माणतर्फ पनि आफूहरू अघि बढिरहेको बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro