site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सांसद श्रेष्ठको प्रश्न– प्रधानमन्त्रीसँग बयान लिने समितिको ल्याकत छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले एनसेल खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन समितिको हैसियतमा प्रश्न उठाएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले यस्ता धेरै समितिले सुटुक्क प्रतिवेदन बुझाउने गरेकी बताइन् ।

“प्रतिवेदन फुल हाउसमा या पत्रकार सम्मेलन गरेर दिन्छ कि सुटुक्क मन्त्रालयमा दिन्छ ? फेरि बालमन्दिरको जस्तै हुन्छ । यस्ता धेरै समिति देखियो त्यस्तै हुने हो ?,” उनले प्रश्न गरिन्, “के त्यो समितिको हैसियत छ ? प्रधानमत्री, पूर्वप्रधानमन्त्रीसँग बयान लिएर मिडियामा दिन सक्छ ? ल्याकत छ त्यो समितिको ? हैसियत छ ?”

बैठकमा उपस्थित नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई पनि उनले प्रश्न गरिन् । “त्यत्रो पैसा कहाँबाट आयो, यो एफडीआई हो कि हैन ? टेलिकम कम्पनी चलाउन साँच्चै विदेशी लगानी आ’को छ ? कति आ’को छ, कति लाग्यो त्यो चाहियो,” उनले भनिन्, “सुन्नमा के आएको छ भने नेपालकै लगानी छ यस (एनसेल)मा ।”

नियामक निकाय कारबाही गर्ने दिशामा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । “नियामकले कारबाही किन नगर्ने भनेर पत्र पठाउने कि यस्तो किन भएन, यो विवरण बुझाऊ भनेको छ । नियामकसँग कारबाही गर्ने अधिकार छ, त्यो किन प्रयोग भएन ?”

एनसेलले अदालतको आदेश नमानेको विषयमा के भइरहेको छ भनेर उनले प्रश्न गरिन् । “यो सतिशलाल बक्यौता तिर्न नसकेर खारेज भएको स्मार्टकै हैन ? लाइसेन्स नवीकरण गर्दा २० अर्ब समय सान्दर्भिक छ कि छैन ?,” उनले प्रश्न गरिन्, “अहिले यो कानुन संशोधन गर्ने बेला भयो कि भएन ? एनसेलले हाम्रो अदालतले दिएको आदेश नमान्दा हामीले के गरिरहेका छौँ ।”

एनसेल खरिद–बिक्री प्रकरणलाई सम्पत्ति शुद्धीकरणसँग पनि जोडेर हेर्नुपर्ने उनले माग गरिन् । “मनी लाउन्ड्रिङको पक्षबाट पनि हेरौँ । १० वर्षको अडिट रिपोर्ट मागौँ,” उनले भनिन्, “अहिलेको समितिले अहिलेका प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसँग बयान लिन नसके हामी समिति बनेर छानबिन गरौँ ।”

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro