site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँट हुँदै, कति कित्ता पर्छ ?

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) आज बाँडफाँट हुने भएको छ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट आज बिहान १० बजे हुनेछ । बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यले बताए ।

Dabur Nepal
NIC Asia

“हामी बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारीमा छौँ,” वैद्यले भने, “सम्पूर्ण तयारी पूरा भएको छ । बिहान १० बजे बालुवाटारको ताज रिसेप्सनबाट आईपीओ बाँडफाँट हुन्छ ।”

कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३० लाख कित्ता, कम्पनीका कार्यरत कर्मचारीका लागि ६ लाख कित्ता तथा सामूहिक लगानी कोषहरूलाई १५ लाख कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो । सोहीअनुसार कम्पनीको आईपीओमा १६ लाख ६० हजारले आवेदन दिएका छन् ।

आवेदन दिएकाहरू सबैले आईपीओ पाउने निश्चित छ । आवेदनको अन्तिम दिनसम्म तीन करोड २२ लाख १५ हजार कित्ता आईपीओ माग गरेका छन् । केही आवेदनहरू रद्द हुने भएकाले न्यूनतम १० कित्ता र त्योभन्दा बढी माग गर्नेहरूले ३० कित्तासम्म आईपीओ पाउने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ०५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro