site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इजरायली दूतावासनजिकै 'विस्फोट'को आवाज आएपछि जब दिल्ली प्रहरी पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । दिल्लीस्थित इजरायली दूतावास नजिकै 'विस्फोटको आवाज आएपछि' घटनास्थल पुगेको प्रहरी रित्तो हात फर्किएको छ ।

मंगलबार साँझ दिल्ली प्रहरीलाई इजरायली दूतावासनजिकै विस्फोटको आवाज सुनिएको दाबीसहितको फोन आएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले कुनै शंकास्पद वस्तु फेला नपारेपछि रित्तो हात फर्किएको हो ।

तर, दूतावासबाट केही मिटर परको दूरीमा इजरायली राजदूतलाई सम्बोधन गरिएको चिठी फेला परेको छ ।

Global Ime bank

प्रहरीले चिठीले बेरेको झन्डा पनि फेला पारेको छ । चिठीलाई प्रहरीले बरामद गरेको थियो ।

इजरायलका उपराजदूतले एक भिडियो वक्तव्यमा भनेका छन्, "आज साँझ ५ बजेको केही मिनेटपछि दूतावासनजिकै विस्फोट भएको थियो । हाम्रा सबै कामदारहरू सुरक्षित छन् । हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छन् । हाम्रा सुरक्षा टोलीहरूले स्थानीय सुरक्षाकर्मीसँगको सहयोगमा काम गरिरहेका छन् । ।"

एनडीटीभीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  २१:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement