site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीयताले जनप्रतिनिधि बढे, खर्च बढ्यो भन्ने भाष्य बनाउन खोजियो : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएको बताएका छन् । 

सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा उनले अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने भाष्य गलत भएको बताए । संघीयताले 'जनप्रतिनिधि बढे, खर्च बढ्यो' भन्ने भाष्य बनाउन खोजिएको उनको भनाइ छ । 

“लोकतन्त्र बलियो नभई विकासले गति लिन सक्दैन, जनतामा त्यसको लाभको समान वितरण पनि हुन सक्दैन । अहिले एकथरीले व्यवस्थाप्रति वितृष्णा जगाउन गलत र भ्रामक प्रचारको सहारा लिएका छन् । अहिलेभन्दा हिजो एकात्मक शासन राम्रो थियो भन्ने तिनको भाष्य बिलकुल गलत छ । संघीयताले जनप्रतिनिधि बढे, खर्च बढ्यो भन्ने भाष्य बनाउन खोजिएको छ,” उनले भने । 

प्रधानमन्त्री प्रचण्डले एकात्मक राज्य व्यवस्थामा कुल एक लाख ५५ हजार ८६२ जनप्रतिनिधि रहेको तर अहिले जम्मा ३८ हजार ४५३ जनप्रतिनिधि मात्र रहेको बताए । 

“तर, सत्य के हो भने एकात्मक राज्य व्यवस्थामा कुल एक लाख पचपन्न हजार ८६२ जनप्रतिनिधि थिए भने अहिले जम्मा २८ हजार ४ सय त्रिपन्न जनप्रतिनिधि छन् । हिजो एउटा गाविसमा ४७ जना जनप्रतिनिधि थिए, ती अहिले सामन्यतः वडामा रूपान्तरण भएका छन् र जम्मा पाँच जना जनप्रतिनिधि छन् । तर तिनले गरेका कार्यहरूले जनतालाई कति धेरै छुन्छ भन्ने उदाहरण त गत कार्तिकको जाजरकोट भूकम्पपछि बिहान ३ बजेदेखि नै भूकम्पपीडितको खोज, उद्धार र राहतमा खटेका जनप्रतिनिधिको सक्रियताले देखाउँदैन र ?,” प्रधानमन्त्रीको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १८:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro