site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनामा दुईजनाको मृत्यु भएपछि बसमा आगजनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिन्धुलीको सुनकोसी गाउँपालिका गाउँपालिका–३, बोहोरेटारमा आज बिहान बसको ठक्करबाट दुईजनाको मृत्यु भएपछि स्थानीयले बसमा आगो लगाइदिएका छन् । 

सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटनापछि आक्रोसित भएका स्थानीयले बिहान १० बजेपछि बसमा आगो लगाएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

घटनापछि स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । घटनास्थलबाट शव उठाएर अस्पताल लैजाने तयारी गरिएको प्रहरीले जनाएको छ । राजमार्ग खुलाउने प्रयास भइरहेको समेत उनले जानकारी दिए ।

रामेछापको मन्थलीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । 

Global Ime bank

विपरीत दिशाबाट आइरहेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई वाग्मती प्रदेश ०१–००६ ख ४५९३ नं को बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक खोटाङको तुवाचुङ नगरपालिका–२ का कुमार राई र खोटाङको दिक्तेल नगरपालिका– १० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय