site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शिक्षकहरूले निजामती कर्मचारीसरहको सुविधा माग्नु जायज : सांसद भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सबै शिक्षकहरूको एउटै दरबन्दी बनाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले शिक्षकहरूले समयको मागानुसार विद्यार्थीलाई शिक्षा दिन सक्छन्/सक्दैनन् भन्ने अहिलेको चुनौती रहेको उल्लेख गरे । त्यसबारे पनि सचेत हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।

Dabur Nepal
NIC Asia

उनले शिक्षकहरूले निजामती कर्मचारीसरहको सेवा सुविधा माग्नु जायज रहेको उल्लेख गरे । गुणात्मक शिक्षा दिन शिक्षकहरू अभिभावक, विद्यार्थी, पाठ्यक्रम र परिणामसँग जोडिनुपर्नेमा उनले जोड दिए । विद्यार्थीलाई उसको व्यवहार र क्रियाकलापका आधारमा पनि मूल्यांकन गर्नुपर्ने उनले बताए ।

“शिक्षकहरूको एउटै दरबन्दी बनाउनुपर्छ । योभन्दा बाहिर जानु हुँदैन । अर्कोतिर, हामीलाई चुनौती छ, समयानुसार हामी अपडेट त हुन सकेनौँ, तर वर्तमान शिक्षकले समयको मागानुसार विद्यार्थीहरूलाई अगाडि बढाउन सक्छ कि सक्दैन भन्ने चुनौती छ,” उनले भने, “त्यसका निम्ति हामी सम्बन्धित निकायसँग नै कुरा गरेर यसको समाधान गर्नुपर्छ । किनभने, नयाँ आउने युवाहरूलाई पनि हामीले रोक्नु हुँदैन । पुराना शिक्षकहरूलाई पनि हामीले असन्तुष्ट बनाउनु हुँदैन । त्रिभुवन विश्वविद्यालयको प्राध्यापकलाई पनि हामीले कुनै सुविधा दिएका छैनौँ । नेपाल सरकारको अधिकृतको गाडी हुन्छ । मोटरसाइकल हुन्छ । तर, उसको केही हुँदैन । जसले जन्मायो उसैको केही हुँदैन । भनेपछि उनीहरूले हामीलाई नेपाल सरकारका कर्मचारीसरह मान्यता देऊ भन्ने कुरा जायज होइन भन्ने लाग्दैन । जायज नै हो । शिक्षकहरू अभिभावकसित, विद्यार्थीसित, पाठ्यक्रमसित, रिजल्टसित जोडिनुपर्छ । तब मात्र शिक्षाले पूर्णता प्राप्त गर्न सक्छ ।”

उनले नेपालको अवस्थितिअनुरूपको शिक्षा विद्यार्थीहरूलाई दिनुपर्नेमा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro