site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले शनिबार सीतापाइलामा आयोजना गरेको बहुउद्देश्यीय भवन शिलान्यास तथा केन्द्रीय समितिको विस्तारित बैठकमा सम्बोधन गर्दै उनले विद्यालय शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘‘तपाईंहरू धेरैलाई संघीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ । नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलापसम्बन्धी ऐन र संघीय शिक्षा विधेयक संसद्बाट पारित गराउन पहल हुन्छ । यो ऐन सरकारको उच्च प्राथमिकतामा छ ।”

सो विधेयकमा शिक्षकका जायज माग सम्बोधन गरिने र विद्यालय शिक्षालाई थप सबल बनाइने प्रधानमन्त्रीको भनाइ छ । ‘‘तपाईं शिक्षकले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट दबाब दिनुभयो । यसले सरकारलाई सहयोग पुगेको छ,” प्रधानमन्त्रीले भने, “तपाईंहरूले अहिलेको मस्यौदामा जुन सुझाव दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव माग सम्बोधन गरिनेछ ।”

सो अवसरमा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, नारायण दाहाललगायत नेताहरूले सामाजिक अभियन्ताका रूपमा रहेका शिक्षकले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज सुधारको अगुवाइ गर्नुपर्नेमा जोड दिएका थिए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनले देशभरबाट सहयोग जुटाएर बहुउद्देश्यीय भवन निर्माण गर्न लागेको अध्यक्ष शंकर अधिकारीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro