site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कुमारी बैंक र डीसीजीएफबीच कर्जा सुरक्षण गर्न सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि ‘केबीएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनीज’अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ)सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।  

यस सम्झौताअनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकमार्फत आईटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको ‘केबीएल स्मार्ट विजनेस लोन फर आईटी कम्पनीज’ को पोर्टफोलियो सुरक्षण गर्ने बताइएको छ । यो सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्न कोसेढुंगा हुने विश्वास दुवै पक्षको रहेको बताइएको छ ।

बैंकले नेपाल एसोसियसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस (नास–आईटी)सँग साझेदारीमा काम गर्दै आएको बताइएको छ जसअन्तर्गत बैंकले नास–आईटी सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ ।

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  २३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro