site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा इजरायलले हान्यो ‘२९ हजार’ बम : २० हजारजनाको मृत्यु, ५२ हजार घाइते

काठमाडौं । इजरायलले गाजामा गरिरहेको आक्रमणमा ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । अक्टोबर ७ मा हमासले इजरायलमाथि हमला गरेको थियो । त्यसको बदलामा इजरायलले गाजामा आक्रमण गरिरहेको छ ।

सातदिने युद्धविरामबाहेक द्वन्द्व सुरु भएदेखि हरेक दिन औसतमा ३०० जनाको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका क्षेत्रीय आपत्कालीन निर्देशक रिचर्ड ब्रेनन यो तथ्यांक वास्तविक भएको विश्वास गर्छन् ।

इराक युद्ध, कोलम्बियाको गृहयुद्ध, कंगो युद्धजस्ता विश्वभरका द्वन्द्वमा ज्यान गुमाउनेको संख्या जाँचेका विज्ञ प्राध्यापक माइकल स्पागाटले गाजामा मृत्यु निकै उच्च भएको बताएका छन् । इजरायल र गाजाबीचको युद्धमा अहिलेको मृत्युदर हालसम्मकै उच्च भएको बताइएको छ ।

Global Ime bank

अक्टोबर ७ देखि डिसेम्बर २० सम्ममा गाँजामा आक्रमणमा परी २० हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । यो संख्या गाजाको करिब २२ लाख जनसंख्याको १ प्रतिशत हो । ज्यान गुमाउनेमा ७० प्रतिशत महिला र बालबालिका भएको बताइएको छ । डिसेम्बर २० सम्म घाइते हुनेको संख्या ५२ हजार ६०० भन्दा बढी छ ।

गाजा ४१ किलोमिटर लामो र १० किलोमिटर चौडाइ भूभाग हो । यहाँको जनसंख्याको घनत्त्व विश्वकै बाक्लो छ ।

गाजामा इजरायलले यो युद्ध सुरु भएयता करिब २९ हजार बम हानेको र तीमध्ये ४० देखि ४५ प्रतिशत अन्धाधुन्ध हानेको बताइएको छ । ती बम ४५ किलोदेखि ९०७ किलोग्रामसम्मका भएको बताइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १२:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu