site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेश प्रहरी अस्पताल उद्घाटनको माग गर्दै सुनसरीमा सर्वदलीय बैठक, आन्दोलनको चेतावनी
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुनसरीको इनरुवामा प्रदेश प्रहरी अस्पताल उद्घाटन गर्ने गरी थालिएको तयारी बिथोल्ने काम भएको भन्दै जिल्लास्थित राजनीतिक दलहरूले भर्त्सना गरेका छन् । नेपाली कांग्रेसको पार्टी कार्यालय इनरुवामा बसेको सर्वदलीय बैठकबाट सञ्चालन तयारीमा रहेको कोसी प्रदेश प्रहरी अस्पताल अविलम्ब उद्घाटनको माग गरिएको छ ।

सुनसरीका दलीय अगुवाले राजनीतिक आडमा अस्पताललाई इनरुवाबाट हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । अस्पतालका विषयमा विवाद सिर्जना गराउने काम गरिएको भन्दै उनीहरूले आफूहरू सडक संघर्षमा उत्रन समेत तयार रहेको जनाएका छन् ।

सर्वदलीय बैठकको नेतृत्व गरेको कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले प्रहरीले नै इनरुवा रोजेको अस्पताल जबरजस्ती अन्यत्र लैजान खोजिए आन्दोलनमा उत्रने बताए । उनले सिर्जित घटनाक्रमलाई केन्द्रीय तहबाटै निष्पक्ष छानबिन टोली गठन गरी सुल्झाइनुपर्ने माग गरे ।

यता, जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताले प्रहरीको प्राविधिक टोलीले उपयुक्त ठहर गरी सञ्चालनका निम्ति स्रोत–साधन जुटाइसकेको अवस्थामा अस्पताल उद्घाटन हुन नदिनु दुःखद भएको प्रतिक्रिया दिए ।

लामो समयदेखि प्रदेश प्रहरी अस्पतालले जग्गासहितका पूर्वाधार खोजिरहेको अवस्थामा आफूले समितिबाट पास गराएर दुई बिघा तीन कट्ठा जग्गासहित ४० कोठे भवन संरचना उपलब्ध गराएको उनले बताए ।

मेहताले प्रहरी अस्पतालका निम्ति आवश्यक संरचना बेलबारी र इनरुवामध्ये कुन उपयुक्त भन्नेबारेमा निष्पक्ष छानबिन समिति गठन गरेर अनुगमनपश्चात् टुंग्याइनुपर्नेमा जोड दिए । उनले प्रहरी टोलीकै प्राविधिक जाँचपश्चात् इनरुवा सारिएको अस्पतालका नाममा बखेडाबाजी गरिनु उचित नहुने बताए ।

आफूहरूका जायज माग सम्बोधनमा ढिलाइ गरिए रिले अनशनसहित सडक संघर्षका कार्यक्रम अघि बढाउने सर्वदलीय बैठकबाट निर्णय गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १०:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro