site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वैदेशिक सहायता प्रतिबद्धतामा ६०.८ प्रतिशतले कमी, चार महिनामा ४० अर्ब ६९ करोड प्राप्त 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा नेपालले प्राप्त गर्ने वैदेशिक सहायता प्रतिबद्धतामा ६०.८ प्रतिशतले कमी आएको छ । 

गत आर्थिक वर्ष २०७९/०८० को सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो चार महिनामा वैदेशिक सहायता प्रतिबद्धता घटेको हो । 

अर्थ मन्त्रालयका अनुसार २०८० को साउन, भदौ, असोज र कात्तिकमा नेपालले ४० अर्ब ६९ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा नेपालले एक खर्ब तीन अर्ब ९३ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको थियो । 

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये अनुदान सहायता ३५.१ प्रतिशत र ऋण सहायता ६४.९ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी स्वास्थ्य क्षेत्रमा ४०.९ प्रतिशत रहेको छ ।

कुल सहायता प्रतिबद्धतामध्ये सबैभन्दा बढी विश्व बैंक, एसियाली विकास बैंक युरोपियन युनियनबाट क्रमशः ३३.७ प्रतिशत, ३२.४ प्रतिशत र २६.१ प्रतिशत रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro