site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अशोक सिग्देलको दुईवटा नागरिकता छ, तर विवरण फरक छैन : प्रधान सेनापति शर्मा 

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले जर्नेल अशोक सिग्देलको दुईवटा नागरिकता भएको स्वीकार गरेका छन् ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधान सेनापति शर्माले जाजरकोट र रुपन्देहीको नागरिकतामा विवरण फरक नपरेको बताए । 

Dabur Nepal
NIC Asia

“अशोक सिग्देलको दुई वटा नागरिकता छ । एउटा रूपन्देही र अर्को जाजरकोटबाट लिएको हो,” प्रधान सेनापति शर्माले भने, “तर सबै विवरण उस्तै छ । केही तलमाथि छैन ।” 

उनले सेनाको विरोध गर्ने र बदनाम गराउने उद्धेश्यले विवादित विषय बाहिर ल्याइएको बताए । 

“सेनाको विरोध गरेको छ, बदनाम गराउन खोजेको छ, एकोहोरो रटान मात्र छ,” शर्माले भने, “यो सेनालाई गलत देखाउने तत्वहरूको खेल हो । जसले यो कुरा ल्यायो कारबाही हुनुपर्छ ।” 

उनले बाहिर बसेर जे भन्दिए पनि छोड्दिन नहुने भन्दै गलत टिप्पणी गर्नेलाई कारबाही गर्ने कानुन चाहिएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro