site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको माग गर्दै राप्रपाले आन्दोलन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्थासहित हिन्दुराष्ट्र पुनःस्थापना र प्रदेश तह खारेजीको माग गर्दै ‘बृहत्’ आन्दोलन गर्ने भएको छ । गएको आइतबारदेखि मंगलबार (आज)सम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको हो ।

सो समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरू र आमन्त्रित केन्द्रीय सदस्यहरू रहने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

पार्टीका संगठन विभाग प्रमुख एवं महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरिएको छ । पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन गरिएको उनले बताए ।

प्रवक्ता श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन गरिएको छ । बैठकबाट १३ बुँदे निर्णय गरिएको उनले जानकारी दिए ।

r1-1702983564.jpg

r2-1702983564.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro