राजनीति
काठमाडौं । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव पेस भएको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकमा विधान संशोधन कार्यदलले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गरेको हो ।
यसअघिको बैठकले पार्टीका संगठन विभाग प्रमुख तथा उपाध्यक्ष वेदुराम भुसालको संयोजकत्वमा महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वालासहितको तीन सदस्यीय कार्यदल बनाएको थियो ।
बैठकमा कार्यदलका संयोजक भुसालले प्रस्ताव पेस गरेको उपमहासचिव ज्वालाले जानकारी दिए ।
उक्त प्रस्तावमाथिको छलफल मंगलबारको सचिवालय बैठकमा पनि जारी रहने नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २, २०८० १७:४१
प्रतिक्रिया दिनुहोस्