site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१६५ कम्पनीको सेयर मूल्य बढ्यो, ६ वटाको १० प्रतिशतले वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजारमा कारोबारमा आएका कम्पनीमध्ये १६५ को सेयर मूल्य बढेको छ । जसमा ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । 

१० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, स्वरोजगार लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड छन् ।

बोटलर्स नेपाल (बालाजु)का लगानीकर्ताले प्रतिकित्ता ३९५ रुपैयाँ कमाएका छन् । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता चार हजार ३४५ रुपैयाँ ८० पैसा कायम भएको छ । 

सूर्यज्योति लाइफ इन्स्योरेन्सका सेयरधनीले प्रतिकित्ता ५२ रुपैयाँ ७० पैसा, स्वरोजगार लघुवित्तका लागानीकर्ताले प्रतिकित्ता ६० रुपैयाँ, जीवन विकासका लगानीकर्ताले प्रतिकित्ता १३६ रुपैयाँ, बीपीडब्लूका लगानीकर्ताले प्रतिकित्ता १०४ रुपैयाँ ६० पैसा र हाथवे इन्भेष्टमेन्ट नेपालका लगानीकर्ताले ६८ रुपैयाँ २० पैसा एकै दिन कमाएका छन् ।

यस दिन ७२ कम्पनीको सेयर मूल्य भने घटेको छ । पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro