site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देखिने किसिमको न्यायसम्पादन गर्छु : प्रस्तावित न्यायाधीश पोखरेल (पूर्णपाठ)

काठमाडौं । कानुन व्यवसायी पृष्ठभूमिबाट न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलले न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि र देखिने किसिमको न्यायसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै पोखरेलले धेरै वकिल भएका मुद्दामा ‘लिड लयर’को अभ्यास र रिटहरूमा व्यक्तिको सम्पत्ति र विषयको ‘अर्जेन्सी’लाई हेरेर आदेश गर्नुपर्ने औँल्याएका छन् ।

न्यायिक सुधारका क्षेत्रमा आफूले नेपाल बार एसोसिएसनको नेतृत्व तहमा रहँदा समेत काम गरेको उनले उल्लेख गरेका छन् । त्यो अनुभवलाई न्यायिक सुधारमा प्रयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

“न्यायसम्पादनका क्रममा आफूसमक्ष आएको विवादलाई नपन्छाई, कसैप्रति पूर्वाग्रह नराखी, संविधान, कानुन र मान्य सिद्धान्तका आधारमा निर्णय लिनुपर्छ भन्नेमा प्रतिबद्ध छु । न्यायाधीशको निर्णयबाट एउटा पक्षको हार र अर्को पक्षको जितको अवस्था स्वभाविक हुन्छ । यो जित र हारको अवस्था न्यायाधीशको इच्छामा नभई संविधान, कानुन र प्रमाणहरूका आधारमा तय हुन्छन्,” पोखरेलले भनेका छन्, “यस्तो अवस्थामा मुद्दाका पक्षहरूले न्यायसम्पादन गर्ने न्यायाधीशको न्यायिक मन र विवकेशमा प्रश्न उठाउने अवस्था बन्नु हुन्न भन्नेमा सचेत छु ।”

पूर्णपाठ पढ्नोस्–

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro