site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
उखु किसानको बक्यौता ‘तत्काल’ भुक्तानी दिइने
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा आइतबार बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकबाट उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा.वैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूलगायत अधिकारी उपस्थित थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषिक्षेत्र र किसानलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवहरूलाई निर्देशित गरेका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu