अर्थ व्यवसाय
1686713657.jpg)
काठमाडौं । घरजग्गाको कारोबार मंसिरमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्यांकानुसार कात्तिकको तुलनामा मंसिरमा घरजग्गाको कारोबार बढेको हो ।
विभागका अनुसार मंसिरमा ४१ हजार ८५१ लिखत पारित भएको छ । कात्तिकमा २६ हजार ४६ लिखत पारित भएको थियो । तथ्यांकानुसार मंसिरमा १६ हजारले कारोबार बढेको हो ।
विभागका अनुसार देशभरका मालपोत कार्यलयहरूले मंसिरमा करिब तीन अर्ब रुपैयाँ राजस्व संकलन गरेका छन् ।
घरजग्गा कारोबारबाट मंसिरमा दुई अर्ब ८६ करोड ५० लाख ११ हजार २१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस १, २०८० १३:५१
प्रतिक्रिया दिनुहोस्