site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मंगोलियाको तापक्रम –४६.२ डिग्री सेल्सियस, जनजीवन अस्तव्यस्त
फाइल तस्बिर ।

काठमाडौं । चिसोका कारण मंगोलियाको जनजीवन प्रभावित बनेको छ । मंगोलियाको अधिकांश भूभागमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर बनेको हो ।

बिहीबारदेखि पश्चिमी मंगोलियन प्रान्त जाभखानको प्रशासनिक उपविभाग टेस सोममा तापक्रम माइनस ४६.२ डिग्री सेल्सियसमा झरेको छ । देशका अरू भागमा पनि माइनस २१ डिग्री सेल्सियसभन्दा बढी चिसो रहेको मंगोलियन मौसम विभागले जनाएको छ ।

आउँदो केही दिन अझै देशभर हिउँ पर्ने क्रम जारी रहने अनुमान गरिएको छ । मौसम विभागले सम्भावित प्रकोपबाट थप सावधानी अपनाउन आग्रह गरेको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro