site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन सक्दैन : अध्यक्ष हमाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले नियामक निकायहरुको भूमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताए । “काम गर्ने प्रणालीमा सबैले परिवर्तन गर्न आवश्यक छ,” उनले भने ।

उनले गल्ती गर्छन् भनेर सरकारले कडा नीति ल्याउने हो भने व्यवसाय फस्टाउन नसक्ने जिकिर गरे ।  बजारमा कुनैपनि कुराहरू सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने पनि बताए । 

Global Ime bank

आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्नसक्ने गरी सम्पूर्ण तथ्यांकहरू राख्नुपर्ने उनको भनाइ छ । अध्यक्ष हमालले अर्थतन्त्र र व्यवसायको हीतको लागि नीतिहरू केन्द्रित हुनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय