अर्थ व्यवसाय
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले निजी तथा आवासीय विद्यालयहरूको संस्था प्याब्सनमा डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ ।
काठमांडौंमा हुन लागेको दोस्रो अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको हो । साथै सो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तानी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।
यो व्यवस्थापछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानाध्यापकलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य हुने बैंकले जनाएको छ ।
डिजिटल प्रणालीवाट शुल्क संकलन गर्दा समयको बचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० १६:४५
प्रतिक्रिया दिनुहोस्