site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा : ज्ञवाली
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवाकेन्द्रित कार्यक्रम नल्याए केही समयमै पहाडी क्षेत्र रित्तिने खतरा रहेको बताएका छन् । पार्टीको महाकाली–मेची संकल्पयात्राअन्तर्गत शुक्रबार तेह्रथुमको वसन्तपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

युवाकेन्द्रित कार्यक्रम ल्याउन नसके केही समयभित्रै गाउँहरू रित्तिने र शिक्षा र स्वास्थ्य क्षेत्रमा झनै ठूलो संकट पैदा हुने अवस्था यात्राका क्रममा आफूहरूले अनुभव गरेको उनले उल्लेख गरे ।

Dabur Nepal
NIC Asia

उनले राजधानीमा बसेर सत्ताको भागबन्डा छोडेर जनतामाझ आउन र उनीहरूका समस्या समाधान गर्न आग्रह गरे । परिवर्तनपछि पनि जनतामा ठूलो पीडा यथावत् रहेको भन्दै उनले सबै राजनीतिक दलहरूले स्थानीयको अवस्था परिवर्तनका निम्ति स्वस्थ प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।

“...युवाकेन्द्रित कार्यक्रम ल्याउन जरुरी देखियो । नभए विस्तारै गाउँहरू, बस्तीहरू युवाविहीन हुने अवस्था रहेछ । विद्यालय कतिपय ठाउँमा रित्तिँदै गएका छन् । जलवायु परिवर्तनका असर बढी देख्यौँ । खानेपानीको मुहान सुक्ने, हिउँहरू पग्लिरहेको देख्यौँ,” उनले भने, “हिमालहरू कालो पहाड बन्दै गएको, ठूला पहिरो गएको छ । अन्य दलहरूलाई पनि राजधानीमा बसेर सत्ताको वाक्कदिक्क लाग्दो लुछाचुँडी र भागबन्डा छोडेर जनतामा आउनुस्, जनतामा ठूलो पीडा छ । सबैले स्वस्थ प्रतिस्पर्धा गरौँ ।”

उपमहासचिव ज्ञवालीले पहाडी क्षेत्रमा कृषि र कृषिजन्य उद्योगहरूको ठूलो सम्भावना रहेकाले त्यसतर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । न्युज एजेन्सी नेपाल

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  ०९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro