site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्राधिकरणलाई कागजात दिन एनसेलको आलटाल
Sarbottam CementSarbottam Cement

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा कागजात संकलन जारी राखे पनि एनसेलले सेयर खरिद बिक्री सम्बन्धी कुनै पनि कागजात बुझाएको छैन ।

एनसेलको स्वामित्त्व रहेको मलेसियन कम्पनी आजियाटाले आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेको घोषणा गरेको थियो । अस्वाभाविक मूल्य र प्रक्रियामा कम्पनीको सेयर खरिद बिक्री भएको भन्दै चर्काे आलोचना र बहस चलेपछि सरकार यो विषयमा सजग भएको छ ।

एनसेलको सेयर खरिद बिक्रीबारे छानबिनका लागि सरकारले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा बनाएको समितिले काम थालिसकेको छ ।  समितिले तोकिएको समय काम सकेर प्रतिवेदन बुझाउने बताएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले कम्पनी रजिष्ट्रारको कार्यालय, कर कार्यालय, अर्थ मन्त्रालय र दूरसञ्चार प्राधिकरणलगायतबाट कागजात मागेर अध्ययन थालेको बताएको छ । उता दूरसञ्चार प्राधिकरणले पनि एनसेलको सेयर खरिद बिक्री प्रकरणमा आवश्यक कागजात संकलन गरिरहेको बताएको छ ।

मंसिर २० गते बसेको संसद्को अर्थ समितिको बैठकले पनि दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर स्वामित्व खरिद बिक्री सन्र्दभमा विस्तृत अध्ययनसहित जानकारी पेस गर्न निर्देशन दिएको थियो ।

Global Ime bank

उक्त विषयमा पनि प्राधिकरणले कागजात संकलन गरिरहेको र आवश्यक अध्ययन भइरहेको बताएको हो । प्राधिकरणका निर्देशक एवम् प्रवक्ता सन्तोष पौडेलले कागजपत्र संकलनका लागि ताकेता गरे पनि अझै प्राप्त नभएको बताए ।

“हामीले कागजात माग गरेका छौँ, तर प्राप्त भएको छैन,” उनले भने । प्राधिकरणले दुई दिनअघि मात्रै सेयर खरिद बिक्री सम्बन्धी कागजात उपलब्ध गराउन एनसेललाई फेरि ताकेता गरेको थियो ।

प्राधिकरणका अर्का एक अधिकारीले बाह्रखरीसँगको कुराकानीमा एनसेलले कागजात दिन आलटाल गरिरहेको बताए । आजियाटाले सन् २०१६ मा करिब एक खर्ब ४४ अर्ब रुपैयाँमा एनसेलको ८० प्रतिशत सेयर किनेको थियो । 

अहिले ६ अर्ब ६६ करोड रुपैयाँमा नेपाली मुलका व्यवसायी सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई उक्त सेयर बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा आजियाटाले गरेको छ । 

सन् २०२९ सम्म थप निश्चित लाभांश लिने गरी कम्पनीले सेयर पर्चेज एग्रीमेन्ट गरेको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार आजियाटाकै स्वामित्वमा रहेको भए अबको ६ वर्षपछि एनसेल सरकारी स्वामित्वमा आउने थियो ।

यस्तो अवस्थामा कम्पनी सरकारी स्वामित्वमा आउन नदिने रणनीतिका साथ बिक्री भएको हो भने अनुमति नपाउने प्राधिकरणका एक अधिकारीको भनाइ छ । अर्काे महत्वपूर्ण विषय कम्पनीको ‘भ्यालुएसन’ किन कम भयो भन्ने रहेको छ । 

“भ्यालुएसन कम हुनु पछाडिको कारण पनि अस्पष्ट देखिएमा एनसेलले सेयर बिक्रीका लागि अनुमति नपाउन सक्छ । यो सबै कुरा उसले कागजात उपलब्ध गराएपछि थाहा हुन्छ,” बाह्रखरीसँग बोल्दै प्राधिकरणका ती अधिकारीले भने ।

एनसेलले केहीदिन अघि प्राधिकरणलाई पत्र पठाउँदै दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (१) को (ट) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) अनुरुप सेयर खरिद बिक्री स्वीकृतिका लागि निवेदन पेस गर्ने भनेको थियो ।

हालसम्म उसले निवेदन भने दिएको छैन । एनसेलले किन ढिलाइ गरिरहेको छ भन्ने विषय स्पष्ट छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय