site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१४ किलो सुन तस्करी प्रकरण : तीन सरसफाइ कर्मचारी अनुसन्धानमा तानिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तीन सरसफाइ कर्मचारी १४ किलो सुन तस्करीको अनुसन्धानका लागि  तानिएका छन् । 

छानबिन समितिले सोधपुछका लागि उनीहरूलाई लगिएको बताइएको छ । 

बाहिरी कम्पनीबाट करारमा राखिएका सफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताइएको छ । 

छानबिन समितिका प्रमुख मणिराम पौडेलका अनुसार दुई कर्मचारीलाई पहिले नै नियन्त्रणमा लिएको भएपनि सुपरभाइजर पाण्डेलाई बुधबार राति भक्तपुरबाट नियन्त्रणमा लिइएको हो । 

“सुन तस्करीमा संलग्नता भएजस्तो देखियो । त्यही भएर सोधपुछका लागि हामीले उहाँहरूलाई नियन्त्रणमा लिएका हौँ,” पौडेलले भने ।

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro